नाडा अटो शो मा टाटाको पन्च ईभी सार्वजनिक, के-के छन् विशेषता ?

Advertisement

काठमाडौं । ‘नाडा अटो शो’ मा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी सार्वजनिक गरेको छ । नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ ।

मूल्य कति ? 
पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ ।

Advertisement

के के छन् विशेषता ?
उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ । 

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन् । 

९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको कम्पनीले जनाएको छ ।

पन्च सर्ट रेन्ज (एसआर) सर्ट रेन्ज मोडलमा २५ किलोवाट आवरको ब्याट्री छ । 

undefinedundefinedundefined

Advertisement

Advertisement