बुधबार यी ठाउँमा छ भारी वर्षाको सम्भावना

Advertisement

 काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले​ हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

कोशी,बाग्मती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

साथै, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

Advertisement

Advertisement