सम्पदा लघुवित्तकाे २.१४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सम्पदा लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

संस्थाले केही शेयरधनीको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

हाल यो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय बन्दिपुर– १ डुम्रे, तनहुँमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको संख्या खुलाई निवदेन दिनुपर्नेछ । 

साथै, ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ । 
 

Advertisement