अमेरिकी डलरको मूल्य घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य  बढेको छ । 

त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ५३ पैसा रहेको छ । 

Advertisement

त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपियाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपियाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपियाँ  ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपियाँ १६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर एक सय ७५ रुपियाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ ४८ पैसा कायम भएको छ । 

आज स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५८ रुपियाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपियाँ ०५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०७ र बिक्रीदर एक सय तीन रुपियाँ ५४ पैसा कायम भएको छ । 

जापानी येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ६९ पैसा र बिक्रीदर ३५ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ  ९० पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रुपियाँ ०१ पैसा र बिक्रीदर चार रुपियाँ  ०३ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपियाँ ६३ पैसा छ । 

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १४ पैसा र बिक्रीदर ३१ रुपियाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०६ पैसा र बिक्रीदर १३ रुपियाँ  १२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ  ९० पैसा र बिक्रीदर १९ रुपियाँ ९९ पैसा छ । 

हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ १७ पैसा र बिक्रीदर १७ रुपियाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपियाँ ९३ पैसा र बिक्रीदर चार सय ४० रुपियाँ ८९ पैसा छभने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपियाँ ३४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ९३ पैसा कायम भएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Advertisement