पुँजी प्रवाहमा समस्या देखिएपछि राष्ट्र बैंकले शून्यमा झार्यो काउन्टर साइक्लिकल बफर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अतिरिक्त पुँजी व्यवस्था (काउन्टर साइक्लिकल बफर) को प्रावधान हटाएको छ । राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै चालू आर्थिक वर्ष २०८१र८२ साउनदेखि बैंकहरूलाई काउन्टर साइक्लिकल बफरको प्रावधान हटाएको हो । 

बैंकहरूले पुँजीकोषको दबाब झेल्नुपरेको र लगानीयोग्य पुँजी प्रवाह गर्न नसकेको समस्या देखिएपछि राष्ट्र बैंकले चालू आवमा शून्यमा झारेको हो । 

Advertisement

गत आर्थिक वर्षमा बैंकहरूले ०.५ प्रतिशत बफर क्यापिटलसमेत गरी ११.५ प्रतिशत कुल पुँजीकोष कायम गर्नुपरेको थियो । कुल गार्हस्थ्य उत्पादनअनुसार कर्जा प्रवाह गर्न पुँजीकोष फ्रेमवर्क २०१५ अनुसार काउन्टर साइक्लिकल बफर लगाइएको थियो ।

अब चालू आर्थिक वर्षमा बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी गरी कुल ११ प्रतिशत पुँजीकोष कायम गरे पुग्छ ।

साथै २०८४ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा (रु. २ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्नेछ ।

Advertisement