शाहिलको अनपेक्षित यात्रा र बीवाईडीको सफलताको कहानी

Advertisement

शाहिल श्रेष्ठलाई हिजोआज बिहानदेखि साँझसम्म भ्याई–नभ्याई छ । बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठलाई गाडी बेच्ने रणनीति बनाउनेदेखि १४ वटा शोरूम, १२ वटा वर्कशप, ३३ चार्जिङ पोइन्ट र ६२ जना कर्मचारी परिचालन र व्यवस्थापनको जिम्मेवारी छ । 

शाहिल श्रेष्ठ अहिले गाडी बेच्ने मात्र नभई त्यसलाई चाहिने इको–सिस्टम बनाउन लागिपरेका छन् । यो वर्षभित्र उनी १०० वटा चार्जिङ स्टेशन र तीन वटा डिलर थप्ने योजनामा छन् । जिम्मेवारी हेर्दा अटो क्षेत्रमा २०औं वर्ष काम गरेको जस्तो लागे पनि उनी उमेरले  भर्खर २८ वर्ष पुगे । यतिमात्र होइन, साइमेक्सको तीन वटा डिपार्टमेन्ट प्रमुख बनाएर शाहिलले आफैंले पढेको काठमाडौं विश्वविद्यालयका जुनियरलाई जिम्मेवारी दिएका छन् । उनी युवालाई विश्वास गर्ने व्यक्ति हुन् ।

Advertisement

शाहिल साइमेक्समा २१ वर्षको उमेर (सात वर्षअघि) प्रशिक्षार्थीका रुपमा प्रवेश गरेका थिए । विसं २०५१ चैतमा काभ्रेको दाप्चामा जन्मिएका उनले अटोमोबाइल क्षेत्रमा आउँछु भनेर कहिल्यै सोचेका थिएनन् । बरू सानैदेखि सीए (चार्डर्ड एकाउन्टेन्ट) पढ्ने सोच शाहिलले बनाएका थिए । त्यही सोचका कारण नोबेल कलेजमा व्यवस्थापन संकायतर्फ उच्च माध्यमिक तहसम्म अध्ययन गरे । त्यसपछि उनलाई सीए पढ्नेभन्दा विदेश जाने हुटहुटी बढ्यो । 

तर भनिन्छ, सोचेको सबै कुरा पाइँदैन । शाहिलको जीवनमा पनि त्यही भयो । न सीए पढे, न त विदेश जान पाए । विदेश जाने चक्करमा उल्टै उनको एक वर्ष खेर गयो । त्यसपछि उनले काठमाडौं विश्वविद्यालयमा बीबीए अध्ययन सुरु गरे । बीबीएमा राम्रै गर्दै गए । साऔं सेमेस्टरमा अनिवार्य ‘इन्टर्नसिप’ गर्नुपर्ने हुन्थ्यो । शाहिलका साथीहरु बैंक तथा ठूला–ठूला कर्पोरेट हाउसमा इन्टर्न गर्न गए । उनले भने त्यतिबेला साइमेक्स इंक नाम गरेको सानो कम्पनीमा इन्टर्न गर्ने अवसर पाए । 

डा. स्वर्णिम वाग्ले उपाध्यक्ष भएको समयमा बीवाईडीको एउटा गाडी राष्ट्रिय योजना आयोगमा जाने भयो । यो समाचार बाहिर आएपछि बीवाईडी र विद्युतीय गाडीको चर्चा एकाएक चुलियो ।

तत्कालिन समयमा साइमेक्सले ब्याट्री स्टोरेज सिस्टम, सौर्य उर्जा, सडक बत्तिको काम गथ्र्यो भने भर्खरै बीवाईडी ई–६ मोडल नेपाल आएको थियो । विद्युतीय गाडीलाई न कसैले विश्वास गर्थे, न त किन्थे । त्यसताका उनीसँगै अरु ३÷४ जना साइमेक्समा थिए । कम्पनी सानो भएका कारण शाहिललाई केही घाटा त भयो होला तर सानो भएकै कारण उनले अवसर पनि पाए । ‘मैले त्यो बेलामा धेरै क्षेत्रमा काम गर्ने र सिक्ने अवसर पाएँ । चिनियाँ कम्पनीसँग छलफल गर्ने, गाडी बिक्री गर्ने, अपरेशन रणनीति बनाउनेलगायतका अनुभव लिएँ । त्यो साइमेक्सको सट्टा अरु ठूलो कम्पनीमा गएको भए यी सबै काम गर्ने अवसर पाउनु भनेको असम्भव जस्तै थियो,’ उनी भन्छन् । 

त्यो बेलामा विद्युतीय भएका कारण तीन वटा गाडी बेच्न पनि कम्पनीलाई मुस्किल थियो । त्यसमाथि कम्पनीको शोरूम नै थिएन । शाहिल भन्छन्, ‘त्यसताका नेपालमा इलेक्ट्रिक गाडीलाई खेलौनासँग तुलना गरिन्थ्यो । ठूलो गाडी र एकपटक चार्ज गर्दा ४०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक गाडी हुन्छ भनेर बुझाउनै मुस्किल पथ्र्यो ।’ विद्युतीय गाडी सामान्य ग्राहकलाई बेच्न सजिलो नदेखेपछि उनी विभिन्न निकायलाई बुझाउनतर्फ लागे । यो क्रममा उनी धेरै सरकारी निकाय धाए । 

डा. स्वर्णिम वाग्ले उपाध्यक्ष भएको समयमा बीवाईडीको एउटा गाडी राष्ट्रिय योजना आयोगमा जाने भयो । यो समाचार बाहिर आएपछि बीवाईडी र विद्युतीय गाडीको चर्चा एकाएक चुलियो । त्यसपछि नेपाल विद्युत् प्राधिकरण, राष्ट्रपति कार्यालय, एडीबीको परियोजनालगायतमा पनि गाडी पठाउन शाहिल र उनको टिम सफल भयो । यस क्रममा उनले सरकारी नीति, ठेक्का प्रक्रिया, गाडीको प्राविधिक पक्षलगायतका आवश्यक कुरा राम्रोसँग बुझे । यसका लागि उनी र उनको टिमले विभिन्न अनुसनधान पनि ग¥यो ।  

एकपटक बजेटमा विद्युतीय गाडीको कर ह्वात्तै बढ्यो । कम्पनीले ६६ लाख रुपियाँ राखेको गाडीको एमआरपी (अधिकतम् खुद्रा मूल्य) एक करोड २० लाख पुग्यो । यतिबेला भने शाहिलले नेपालको नीतिगत अस्थिरता र त्यसले व्यवसायिक संस्थालाई दिने तनाव अनुभव गरे । केही समयपछि कर घट्यो । त्यसले केही सहज भयो । यो क्रममा साइमेक्सले बीवाईडीका भ्यान र बसहरु पनि ल्याइसकेको थियो । 

बीवाईडीबाहेक प्यासेन्जर गाडीमा हुण्डाईको कोना, एमजीको जेडएस ईभी, कियाको निरो बजारमा थियो । विश्वमा ईभीको लहर चल्न थालेको शाहिलले राम्रैसँग बुझिसकेका थिए । त्यसकारण उनले गाडी बेच्ने मात्र नभई ईभीको लागि ‘इको–सिस्टम’ बनाउनतिर ध्यान दिए । ‘इको सिस्टम’ बनाउन बर्दिबास, इटहरी, बिराटनगर बिर्तामोड, आँबुखैरेनी, पोखरा, चितवनलगायतका विभिन्न २० स्थानमा चार्जिङ स्टेशन बनाउन शाहिलले भूमिका खेले । उनी थप्छन्, ‘हामी ‘इको–सिस्टम’ नबनाई ईभी अघि बढ्न सक्दैन भन्नेमा स्पष्ट थियौं । त्यसकारण ३० वटा गाडी पनि नबेच्दै २० वटा चार्जिङ स्टेशन बनायौं । यो बेलामा हामीले टाइप टु एसी फास्ट चार्जर जडान गरेका थियौं ।’

त्यसपछि साइमेक्सले सन् २०२१ मा बीवाईडीको अल न्यू ई–६ ल्यायो । त्यसपछि भने साइमेक्सले सिधै ‘मास मार्केट’मा जाने सोच बनायो । अटो क्षेत्रमा काम गरिरहेकालाई कम्पनीमा ल्यायो । सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने र ‘ब्लेड ब्याट्री’ रहेको कुरालाई फोकस गरेर ‘मार्केटिङ’ गर्न थाल्यो । कोरोना महामारीका कारण तीनबाट धेरै गाडी ल्याउन नसके पनि शाहिल र उनको टिमले एक वर्षमा दुई सयभन्दा धेरै बेच्न सफल भयो । त्यतिबेलासम्म ठीकै रहेको बीवाईडीको व्यापार २०२२ अक्टोबरमा एट्टो–३ आएपछि भने बजारमा नयाँ तरंग ल्याउन थाल्यो । एक सय ५० किलोवाटको ९० लाख पर्ने गाडी धेरैले रूचाए । तर मोटरवाटअनुसार कर पर्ने भएकाले उनीहरुलाई गाडी बेच्न केही कठिनाइ भने भयो । 

बीवाईडीले सय किलोवाटको एट्टो–३ उत्पादन गर्न थालेपछि भने साइमेक्सले कहिल्यै पछि फर्केर हेर्नु परेन । नब्बे लाख पर्ने एट्टो–३ को मूल्य घटेर बुकिङ ६४ लाख ८० हजार पुगेपछि बजारमा उछाल नै आयो । सय किलोवटको एट्टो–३ ले चल्तीका ब्राण्डलाई पछि पार्दै सेगमेन्टमै अत्यधिक बिक्री हुने ब्राण्ड बन्यो ।

पछि बीवाईडीले सय किलोवाटको एट्टो–३ उत्पादन गर्न थालेपछि भने साइमेक्सले कहिल्यै पछि फर्केर हेर्नु परेन । नब्बे लाख पर्ने एट्टो–३ को मूल्य घटेर बुकिङ ६४ लाख ८० हजार पुगेपछि बजारमा उछाल नै आयो । सय किलोवटको एट्टो–३ ले चल्तीका ब्राण्डलाई पछि पार्दै सेगमेन्टमै अत्यधिक बिक्री हुने ब्राण्ड बन्यो । पछि सस्तो डल्फिन बजारमा आयो । यसले इन्ट्री लेबलका गाडी किन्न खोज्नेको ध्यान तान्न सफल भयो । हालसम्म साइमेक्सले चार हजारभन्दा धेरै गाडी बेचिसकेको छ । बीवाईडी र साइमेक्स दुवै कम्पनीको दृढ विश्वासका कारण नै सफल हुन सकिएको शाहिलको बुझाइ छ । आगामी दिनमा कम्पनीले अन्य धेरै योजना बनाएको उनी बताउँछन् । 

‘हामी धेरै अपडेट हुँदैछौं । सबल हुँदैछौं । अवरोधहरुलाई छिचोल्दै अघि बढेका छौं । गाडी बेच्ने त आफ्नो ठाउँमा छ । बिक्रीपछिको सेवामा पनि हामी कुनै ग्राहक दुःखी हुन नपर्ने गरी काम गरिरहेका छौं,’ शाहिलको भनाई छ । 

Advertisement