‘नाडा अटो शो’ मै मनाइयो फोटोनले २८औं वार्षिकोत्सव

Advertisement

काठमाडौं । सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । 

नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा एक समारोहका बीच मनाएको हो । 

Advertisement

फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको जनाउको छ । 

कार्यक्रममा एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो ।

एमएडब्लु वृद्धि कमर्शियल भेहिकल, फोटोन मोटर्सको आधिकारिक वितरक (चीनको नम्बर १ कमर्शियल भेहिकल निर्माता) ले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता कुशल र भरपर्दो सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ । 

Advertisement