पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको राखेपका सदस्यसचिवको दावी

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पारा तेक्वान्दोकै सफलताका कारण घरेलु पारा खेलकुदलाई व्यवस्थित बनाएर अगाडि बढाइसकेको बताएका छन् । 

पेरिस पारालिम्पिक २०२४ मा पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएपछि नानसँग उनले पारा खेलकुदमा धेरै सम्भावना रहेको बताए । यसअघि नै आफूले पारा खेलकुदलाई व्यवस्थित र व्यावसायीक रूपमा अगाडि बढाउन योजना कार्यान्वयनमा ल्याएको घिसिङको भनाइ छ । 

Advertisement

उनले त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयमार्पmत नवौं राष्ट्रिय खेलकुद लगत्तै प्रथम पारा राष्ट्रिय खेलकुदका लागि वार्षिक रूपमा बजेट छुट्याइएको बताए । यद्यपि यो पर्याप्त नरहेको घिसिङको भनाई छ । 

घरेलु पारा खेलकुदलाई व्यवस्थित र व्यावसायिक बनाउनसके मात्र नेपाली खेलकुदमा धेरै पलेशा गोवर्द्धनको जन्म हुने सम्भावना रहेको उनले बताए । घिसिङले यो सफलताले साना देशले पनि विश्व खेलकुदमा ठूला सफलता पाउन सकिन्छ भन्ने सन्देश दिएको बताए । 

उपलब्धि हासिल गर्दा पाएको चर्चाजस्तै नीतिगत रूपमा विकास गर्न ध्यान अगाडि बढाउन सकेमा सम्भावनाहरू थप बढ्ने भन्दै उनले भौगोलिक र आर्थिक रूपले साना राष्ट्रले लक्ष्य राखे सफलता पाउने प्रमाणित गरिसकेको बताए । 

घिसिङले पारालिम्पिकको विशेष तयारीको मद्दतले पलेशाले सफलता पाएको तर्क गरे । यसका लागि म्यानचेस्टर सिटीको राम्रो एकेडेमीमा पलेशाले प्रशिक्षण गरेको र त्यो प्रभावकारी बनेको उनको भनाइ छ । चीनमा अध्ययनरत हुँदा पनि पालेशालाई त्यहाँ नै प्रशिक्षण गराउने वातावरण सिर्जना गर्ने प्रयासमा राखेपले योजना बुनेको घिसिङले बताए । 

Advertisement