विरोध हुँदाहुँदै एन्फाका महासचिवको तलब दोब्बर बढीले बढाएर २ लाख ७० हजार पुर्याइयो

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव वृद्धि गरी दुई हजार अमेरिकी डलर कायम गर्ने निर्णय एन्फा कार्यसमिति बैठकले गरेको छ । 

अध्यक्ष पञ्कज नेम्वाङले कर्मचारीको सेवा सुविधाबारे एजेण्डा राख्दै महसचिवको तलव दुई हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपियाँ पुर्याउने काम गरेका हुन् । 

Advertisement

केही सदस्यको विरोधका बाबजुद एन्फाले महासचिवको तलब वृद्धिको प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि महासचिव किरण राईले एक लाख २० हजार रहेको थियो । बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपियाँबाट मासिक ३० हजार रुपियाँमा वृद्धि गरेको छ । यो निर्णय भने सर्वसम्मतले पारित भएको छ । 

महासचिव किरण राईले तलव वृद्धिको विषयमा बोल्न चाहेनन् । बैठकबीच प्रवक्ता सुरेश शाहले तलव वृद्धिको निर्णय भएको स्वीकार गरे । बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ । 

उनले नेतृत्ववमा नेपालले १९ खेल खेलेको थियो । जसमा मात्र ५ जित दिलाएका थिए । चार खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो । एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठक मङ्गलवार बिहान पौने ११ बजे शुरु भएको थियो । राती सम्मचलेको बैठक बिहीवार बिहानलाई स्थगित गरेको छ । बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनलको कारण बिहीवार बैठक जारी रहने प्रवक्ता शाहले बताए । 

Advertisement