बागमतीसहित दिउँसो यी ठाउँमा हुनेछ भारी वर्षा, कस्तो रहला रातिको मौसम ?

Advertisement

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Advertisement

विभागका अनुसार आज ​दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि विभागको भनाइ छ ।

त्यस्तै राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती र कर्णाली  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement