राज्यको सिद्धान्त, नीति र दायित्व कार्यान्वयनबारे मुख्यसचिवसँग छलफल गर्दै समिति

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

कानुन, न्याय तथा मानव अधिकार र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्न लागेको हो । 

Advertisement

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दवाफार छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुनेछ । 

बैठक दिउँसो ३ बजे बस्नेछ । 

Advertisement

Advertisement