एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरुको डाटा अझ बढी सुरक्षित

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी स्तरोन्नती भएको छ । 

बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै स्तरोन्नति गरिएको हो ।  यससँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

Advertisement

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा संचालन गर्दै आएको छ । 

बैंकको भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट छ । जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । 

Advertisement

Advertisement