आजको मौसम : पाँचवटा प्रदेशमा भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

अहिले बागमती कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णाली  प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। 

कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाउँदै विभागले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी,मधेश,लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थान चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Advertisement

Advertisement