पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अन्तिम चरणमा, कोको छन् प्रतिस्पर्धामा ?

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रमुख कार्यकारी अधिकृत सीईओ छनोट तथा सिफारिस समितिको वैधानिकतामाथि नै प्रश्न उठाउँदै मुद्दा परेपछि बिथोलिन पुगेको सीईओ छनोट प्रक्रिया उच्च अदालत पाटनले मुद्दा खारेज गरेसँगै पुनः अघि बढेको हो । 

सोमबार सीईओका १६ जना उम्मेदवारहरूले प्रस्तुतीकरण दिएका छन् । ​छनोट समितिको कार्यतालिका अनुसार सोही १६ जनाको भोलि मंगलबार अन्तर्वाता लिइनेछ । 

Advertisement

बोर्डको सीईओ छनोट समितिका अनुसार आज (सोमबार) १६ जना उम्मेदवारहरूले आफनो प्रस्तुतीकरण दिएका छन् । अब भालि १६ जना उम्मेदवारहरूले अन्तरवार्ता दिने कार्यतालिका रहेको छ । अन्तरवार्तासँगै संभवतः सोही साता बोर्ड सञ्चालक समितिले सीईओ नियुक्ति गर्नेछ । 

 

कोको छन् प्रतिस्पर्धामा ?

प्रतिस्पर्धामा बोर्डका पूर्व सीईओहरु डा.धनन्जय रेग्मी र दीपकराज जोशीसहित पर्यटन बोर्डकै कर्मचारीहरु हिक्मत सिंह ऐर र श्रद्धा श्रेष्ठ, सन्तोष विक्रम थापा, लक्ष्मण गौतम, नवीन पोखरेल, विजय नेपाल, राजाराम गिरी, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर सिंह महतो, सूर्यबहादुर घिमिरे, दीपक बस्ताकोटी, रामचन्द्र सेढाई, ठाकुर देवकोटाले प्रतिस्पर्धा गर्दै छन् । 

Advertisement