प्रतिकित्ता रु १०० मै १४.४६ लाख कित्ता अवितरित हकप्रद बिक्री गर्दै हिमालयन ऊर्जा

Advertisement

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामी बिक्री गर्ने भएको छ । 

कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । 

Advertisement

कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । तर बिक्री सबै कित्ता बिक्री हुन सकेको थिएन । बिक्री नभएको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको यो शेयर जोकाही लगानीकर्ताले खरिद गर्न पाउनेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका शेयर खरिदका लागि बोलकबोल पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड वा नबिल बैंकका रंगेलीरोड, भानुचोक, सूर्यविनायक, सभागृहचोक, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

Advertisement