इन्डोनेसिया र नेपालले पर्यटन प्रर्वद्धनमा सहकार्य गर्ने

Advertisement

काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका प्रमुख अधिकृत दीपकराज जोशीबीच दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रर्वद्धनमा आपसी सहकार्यमा जोड दिदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त भएको छ । 

Advertisement

उक्त भेटवार्तामा उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला संस्कृति र सुन्दरताले आफू मोहित भएको र नेपालको पर्यटन प्रर्वद्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताइन् । ‘नेपाल साच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिहरुको व्यवहारले म साच्चिकै मोहित भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रर्वद्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिद्धता व्यक्त गर्दछु,’ उनले भनिन् । 

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपाल इन्डोनेशियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको र बोर्ड आससी सहकार्यका लागि सधैँ तयार रहेको बताए । ‘नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रर्वद्धनको लागि विगतमा पनि सहकार्य थियो । हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं । जसबाट नेपालको पर्यटन प्रर्वद्धन हुन सकोस’, उनले भने । 

उनले दुवै दशेको पर्यटन प्रवर्द्धनका लागि बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए । 

नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नुपर्नेमा जोड दिंदै दुवै देशलाई फाइदा पुग्ने गरि प्रर्वद्धनात्मक कार्यक्रम गर्न सकिने बताए ।

Advertisement