‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगितामा निःशुल्क राउण्ड–ट्रिप टिकट जित्ने अवसर

Advertisement

काठमाडौं । एयर एशियाले आउँदो अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गरेको छ । 

पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गर्यो  । कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको एयरलाइन्सको भनाई छ । यसअघिको कार्यक्रम केएल टावर, सिभिल मल, लबिम मलमा हुनछ । 

Advertisement

कार्यक्रममा रमाइला खेल र अन्य गतिविधि आयोजना भएको थियो । सहभागीलाई आकर्षक फ्ल्यास मव नृत्य प्रदर्शन गर्नुका साथै उपहारहरु प्रदान गरिएको थियो । साथै, सहभागीले एयरलाइन्ससँग प्रश्न सोध्न र सेवाहरुका बारेमा जानकारी लिन पाएका थिए ।

एयर एशियाले मानिसहरुलाई आकर्षित गर्न ‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगिता पनि ल्याएको छ । यो प्रतियोगिताले नेपाली यात्रुलाई थाइल्याण्डको निःशुल्क राउण्ड–ट्रिप टिकट जित्ने अवसर पनि प्रदान गरेको छ । 

एयर एशियाले काठमाडौं–बैंकक रुटको प्रवर्द्धनात्मक दर रु. नौ हजार ९९० बाट सुरु गरेको थियो । यात्रुले बैंककबाट एयर एशियामार्फत १३० भन्दा बढी देशमा यात्रा गर्न सक्छन् ।

Advertisement