नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले निमित्त प्रबन्ध निर्देशक रहेकी पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय भएको हो । 

Advertisement

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  २०८० असोज १७ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको थियो । 

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको मुद्दा दर्ता भई निलम्बित हुँदा उक्त पद खाली रहँदै आएको थियो । 

Advertisement