आइस वा ईभी छनौटमा ग्राहकलाई स्वतन्त्रता

Advertisement

–रूपेश शर्मा भट्ट 
उपाध्यक्ष, भिजी इम्पेक्स, जीडब्ल्यूएम
भिजी इम्पेक्सले सन् २०२१ देखि ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)का गाडी नेपाल भिœयाएको हो । पहिलो चरणमा हाबलको जोलाइन एसयूभी र पावर पिकअप बजारमा उतारेको भिजी इम्पेक्ससँग अहिले जीडब्ल्यूएमको पिकअप सेग्मेन्टमा पावर र विंगल–५ उपलब्ध छ । त्यस्तै एसयूभी सेग्मेन्टमा हाबलको जोलाइन र एच–६ गरी दुईवटा मोडल छन् ।

ईभीमा अहिले हामीसँग ओरा–०३ छ भने अफरोड प्रिमियम गाडी ट्यांक ल्याउने तयारी गरिरहेका छौं । जीडब्ल्यूएमको प्रडक्टसँगै बिक्रीपछिको सेवाका लागि पनि काम भइरहेको छ । हामी अहिले डिलर विस्तारकै क्रममा छौं । बुटवल र विराटनगरमा डिलर बनाइसकेका छौं । आगामी दिनमा बिर्तामोड, पोखरा, चितवन, नेपालगन्जमा समेत डिलर राख्दैछौं । यद्यपि, अहिले पनि डिलर नभएका ठाउँमा हाम्रो गाडी गएको छ भने आधिकारिक सर्भिस सेन्टर छ । ईभीको प्रडक्ट, गुणस्तर, विश्वव्यापी व्यापार रणनीति निकै राम्रो छ ।  

Advertisement

नेपालमा जीडब्ल्यूएमको इतिहासको कुरा गर्दा सन् २००६ आसपासमा पनि अर्कै कुनै कम्पनीले केही थान गाडी ल्याएका थिए । सन् २०२१ देखि भने यो ब्राण्डका गाडी हामीले ल्याउन थालेका हौं । यही ब्राण्ड रोज्नुको पनि कारण छ । यो पुरानोमध्येको एक ब्राण्ड हो, जसको स्थापना सन् १९८४ मा भएको थियो । यो पहिले आन्तरिक बजारमा मात्र केन्द्रित थियो । पछि २०११÷१२ देखि आफ्नो रणनीति परिवर्तन गर्दै विश्वबजारमा जाने योजना बनायो । विश्वव्यापी रुपमा जाने भएपछि उनीहरुले ग्रेट वाल मोटरलाई ‘जीडब्ल्यूएम’ भनेर ब्राण्डिङ गरे । त्यसपछि कम्पनीले हाबल, पिकअप, ओरालगायतका सब–ब्राण्ड बनायो । 

चिनियाँ बजारको कुरा गर्दा पिकअप सेग्मेन्टमा जीडब्ल्यूएमको पिकअप विगत ११ वर्षदेखि नम्बर १ ब्राण्ड हो भने एसयूभी सेग्मेन्टमा हाबल नौ वर्षदेखि नम्बर १ ब्राण्ड छ । जीडब्ल्यूएमलाई एसयूभी, पिकअप, ईभीलगायतका प्रडक्टले सबै प्रकारका रेन्जका गाडीले भरिपूर्ण बनाएको छ । त्यसैगरी कम्पनीले चीन बाहिर पनि प्लान्ट स्थापना गरिरहेको छ । हाल जीडब्ल्यूएमका विभिन्न प्रडक्ट ११० वटा देशमा उपलब्ध छन् । विश्वव्यापी रुपमा चलेको यो ब्राण्ड ल्याउँदा समस्या नपर्ने भएकाले हामीले पनि जीडब्ल्यूएम नै रोजेका हौं ।

यो ब्राण्डको अर्को प्रमुख विशेषता भनेको सहुलियत मूल्य हो । जीडब्ल्यूएमको कुनै पनि गाडी प्रतिस्पर्धी ब्राण्डभन्दा निकै सस्तो छ । प्रतिस्पर्धी ब्राण्डको प्रडक्टसँग मूल्य उस्तै भएकामा हाम्रोमा विशेषता पनि धेरै छन् । नेपालमा जीडब्ल्यूएमका प्रडक्ट ल्याउँदा सुरूमै बजारबाट राम्रो प्रतिक्रिया पायौं । तर त्यही समयमा देश मन्दी देखाप¥यो र समग्र अटोमोबाइल क्षेत्रले नै यो समस्या भोग्यो । त्यतिबेला बिस्तारै ईभीको बजार विस्तार हुँदै थियो । हामीले ओरा–०३ ल्याउने सबै प्रक्रिया पूरा गरेका थियांै । फेरि रसिया–युक्रेन युद्धका कारण सेमिकन्डक्टर चिपको अभाव भयो । त्यसको तीन÷चार महिनापछि अवस्था सामान्य भएको के थियो, नेपालमा ईभीमा कर बढ्यो । यी यावत् समस्याबीच सन् २०२३, अगस्टमा मात्रै ओरा–०३ नेपाली बजारमा ल्याउन सक्यौं । 

ओरा–०३ ‘मास’ प्रडक्ट नभएकाले यो गाडी सडकमा छ्यााछ्याप्ती देखिँदैन । यसका ग्राहक नै सीमित हुन्छन् । हामीले यो ब्राण्ड ल्याउँदा बजार असामान्य भए पनि गाडीको बिक्री भने चित्तबुझ्दो नै छ । यी गाडी विशेषताका कारणले पनि सस्तो हँुदैन । त्यसमाथि अहिले ईभीको बजारमा उछाल आएको छ । त्यस्तै, आइस इन्जिन (जैविक इन्धनले चल्ने)का गाडीमा फाइनान्सिङमा सहज नहुनाले पनि सोचे जति गाडी बिक्री गर्न सकेको छैनौं । जस्तै, ७५ लाखको गाडी किन्नुपर्दा कम्तीमा ३७÷३८ लाख तिर्नुपर्छ । यसकारण पनि ग्राहकले गाडी मन पर्दा पर्दै पनि किन्न सकिरहेका छैनन् ।  

सरकारको पहिलेको नीति मान्छेलाई ईभी चढाउने थियो । त्यसकारण आइस इन्जिनका गाडीलाई कडाइ ग¥यो र ईभीमा सहुलियत तथा सहज फाइनान्सिङको व्यवस्था ग¥यो । त्यसपछि ग्राहक ईभीमा आकर्षित भए । अब भने सरकारले ग्राहकलाई स्वतन्त्र छोडिदिनुपर्छ र गाडी छान्ने अवसर दिनुपर्छ । अहिलेको ५० प्रतिशत डाउनपेमेन्टको क्याप पनि एक प्रकारको कडाइ नै हो । ७०÷७५ प्रतिशत फाइनान्सिङ गर्न सकियो भने ग्राहकका लागि पनि गाडी किन्ने छनौट हुन्छ । 

त्यसैगरी, पिकअपलगायतका कमर्सियल गाडीको कुरा गर्दा ‘फोर ह्विल ड्राइभ’, ‘ग्राउण्ड क्लियरेन्स’, चार्जिङ पूर्वााधारलगायत धेरै कुरा हुनुपर्छ ।  यी क्षमताका ईभी गाडी आइसकेका छैनन् । बाहिरबाट हेर्दा पिकअपमा सरकारले कडाइ गरेजस्तो खासै देखिँदैन । तैपनि यसको बजार भने घटेको छ । पिकअपलगायतका कमर्सियल गाडीको बिक्री समग्र अर्थतन्त्रले निर्धारण गर्छ । जबसम्म देशमा विकास निर्माणकार्य अघि बढ्दैन, तबसम्म कमर्सियल गाडीको बिक्री पनि बढ्दैन । 

कर्पोरेट नेपाल विजनेस म्यागाजिनमा प्रकाशित कुराकानीमा आधारित लेख । 

Advertisement