दशैंअघि नै नयाँ ५७ वटा हिमाल आरोहणका लागि खुल्ला गरिंदै (सूचीसहित)

Advertisement

काठमाडौं । पर्यटन सिजन सुरु भएसँगै हिमाल आरोहणको लागि प्रमिट (आरोहण अनुमति) लिन थालिएको छ । दशैंअघि नै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ । 

पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु यही दशैंअघि नै खुल्ला गरिने छ । 

Advertisement

‘विभागले नयाँ हिमाल आरोहणको लागि खुल्ला गर्न नेपाल पर्वतारोहण संघसँग सहकार्य गरी अन्तिम प्रतिवेदन पर्यटन विभाग हुँदै पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरी सकेको छ’, उनले भने । 

गुरुङले थपे, ‘मन्त्रिपरिषद्मा पठाएको प्रतिवेदन हिजो मात्र फर्केको छ । त्यसमा थोरै केही मिलाउनु पर्ने भएकोले फर्किएको छ । त्यसलाई मिलाएर हामी छिट्टै पुनः प्रतिवेदन मन्त्रिपरिषद्मा पठाउने छौं । त्यसपछि मन्त्रिपरिषद्ले निर्णय गरेपछि उक्त हिमालहरु आरोहणको लागि खुल्ला गरिने छ ।’ 

सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई नयाँ हिमाल खोल्ने प्रक्रिया अगाडि बढाउनेका निम्ति पर्यटन विभागलाई निर्देशन दिएको थियो । 

हाल नेपालमा ४ सय १ वटा हिमाल आरोहणका लागि खुला रहेका छन् । त्यस मध्ये २७ वटा हिमालहरुको प्रमिट (आरोहण अनुमति) नेपाल पर्वतारोहण संघले दिंदै आएको छ भने बाँकी रहेका हिमालहरुको प्रमिट पर्यटन विभागले दिंदै आएको छ । 

नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरुः

undefinedundefinedundefined

Advertisement