देशको विषम अवस्थाबारे छलफल गर्न सत्तारुढ नेताहरु बालुवाटारमा भेला भए

Advertisement

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । देशको विषम अवस्थाबारे छलफल गर्न सत्तारुढ नेताहरु भेला भएका हुन् । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत छन् ।

Advertisement

बैठकले सरकारको कारवाहीको पनि समीक्षा गर्ने र न्यूनतम साझा कार्यक्रम पनि निर्माण गर्नेछ । पछिल्लो समयमा जनतामा विशेषगरी ठूला दल र तिनका नेताहरुप्रति जनताको आक्रोस र असन्तुष्टि बढ्दै गएको छ । सो कुरा सार्वजनिक कार्यक्रमहरुमा समेत देखिन थालेपछि नेपालमा पनि कतै बंगलादेशको परिस्थिति निर्माण हुने हो कि ? भन्ने चिन्ता जनाउन थालिएको छ । 

Advertisement