गणतन्त्र बचाउन निर्णायक राष्ट्रिय शक्ति निर्माण गरिने

अबको चुनावमा माओवादीको चार–पाँच लाखभन्दा मत आउँदैनः प्रम ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् । 

नेकपा एमालेको आयोजनामा शनिबार आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले परिवर्तनको सारथी एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको टिप्पणी गरे । 

Advertisement

ओलीले भने, ‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन । जानी नजानी एक खालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन । भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ ।’

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गर्दै उनले माओवादी केन्द्रको मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार–पाँच लाखसम्ममा झर्ने अनुमान गरे । 

अध्यक्ष ओलीले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरुलाई गतिशील बनाउँदै समस्याहरुको खोजी र निदान हुने ओलीले अपेक्षा गरे । 

Advertisement