प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिस, विश्वम्भर असोज १८ मा विदा हुने

Advertisement

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई अबको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । 

सोमबार बसेको परिषदको बैठकले उनलाई सिफारिस गरेको हो । हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ मा अवकाश पाउँदैछन् । राउतले उमेर हदअनुसार १८ महिना नेतृत्व गर्नेछन् ।

Advertisement

अब राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनी प्रधानन्यायाधीश नियुक्त हुनेछन् । 

Advertisement