नीतिगत सुधारका लागि अब मन्त्रालयले आक्रमक तरिकाले काम गर्छ :  मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन मन्त्रालयको नीतिगत सुधारका लागि अब आक्रमक तरिकाले काम गर्ने बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डले आयोजना गरेको बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत​ (सिईओ) दीपकराज जोशीको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन मन्त्रालय आफुले सम्हालेदेखि अहिलेसम्म अध्ययनको काम सकेको र अब नीतिगत काममा केन्द्रीत हुने बताए । 
‘आजैको मन्त्रिपरिषद्को बैठकमा पनि केही ऐनहरु ऐनको मस्यौदाहरु पेश गरेको छु । यसको लागि उच्चतहमा पनि कुरा गरिसकेको छ । नीतिगत व्यवस्थालाई पूर्णता दिने गरी अगाडी बढि सकेका छौं’ उनले भने । 

सोही अवसरमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि आफुले तत्काल एक्सन लिने समेत बताए । निजी क्षेत्रको साझेदारीलाई फराकिलो पार्दै मुलुकको पर्यटन विकास र प्रवद्र्धनमा आफु अझ सक्रिय हुने मन्त्री पाण्डेले बताए । 

Advertisement

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले पर्यटनमा सरकारको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्यमा बोर्डका कामहरु अगाडि बढाइने प्रतिवद्धता जनाए । पर्यटनका क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै अगाडी बढ्नुको विकल्प नरहेको उनले बताए । जोशीले आफ्नो चार वर्षको कार्यकालको संक्षिप्त योजना पनि पेश गरे । 

निजी क्षेत्रबाट होटल एशोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा)का अध्यक्ष कुमारमणि थपलिया, टानका महासचिव शोनाम ग्यालजेन शेर्पा, पाटाका महासचिव नरेन्द्र भट्ट, स्कालका अध्यक्ष महेन्द्र पौडेल, वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की लगायतले पर्यटन क्षेत्रको विकासको लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गरेका थिए ।

Advertisement