तीस दिनमा सि-चेक गरेर आइपुग्नुपर्ने वाइडबडी जहाज ८० दिनमा भोलि काठमाडौं आईपुग्दै
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी जहाज इटालीबाट भोलि काठमाडौं आइपुग्ने भएको छ । ३० दिनमा सि–चेक गरेर काठमाडौं आइपुग्नुपर्ने वाइडबडी जहाज ८० दिनपछि भोलिको काठमाडौं आई पुग्ने तालिका रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार निगमको वाइडबडी एयरबस–३३० जहाजको सम्पूर्ण मर्मत ‘सि–चेक’ गरेर दुबई हुँदै भोलि बिहान ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ । नेवानिको व्यवस्थापनले वाइडबडीको सि–चेकको जिम्मेबारी इटालीयन कम्पनी एटिटेक एसपिए कम्पनीलाई सुम्पिएको छ । सो कम्पनी सि–चेकमा ढिलाइ गरिएपछि मर्मत गरेर फर्किन बढी समय लागेको निगमले जनाएको छ । 

Advertisement

कलसाइन ९एन–एएलवाई नम्बरको वाइडबडी जहाज सि–चेकको क्रममा पुनः इन्जिमा समस्या देखिएपछि ढिलाइ हुन् पुगेको निगमका एक अधिकारीले जानकारी दिए । निगमको एउटा वाइडबडी जहाजको सि–चेकको क्रममा रहेको बेला अर्को वाइडबडी ९एन–एएजेड पनि सि–चेकका लागि भदौ १२ गते इटाली पठाएको थियो । 

संसदीय समितिको बैठकमा समितिका सदस्यहरुले निगमले यदि सरकारले वायुसेवा सञ्चालन गर्न नसक्ने हो भने निजी क्षेत्रको हिमालय एयरलाइन्स वा अरु कसैलाई सञ्चालन गर्न दिनुपर्ने तर्क पनि गरेका थिए । अरु देशमा पनि राष्ट्रिय ध्वजाबाहाक सरकारी निकायले चलाउन नसक्दा अर्कोलाई दिएका उदाहरण दिँदै नेपालमा पनि निगमलाई बेबारिसे बनाउनुभन्दा विकल्प खोज्न उत्तम हुने बताएका थिए । 

भारतमा एयर इडिया सरकारले चलाउन नसकेपछि टाटालाई चलाउन दिइएको छ । साथै निगम सुधार गर्न र जहाजहरु सञ्चालन गर्न नसक्ने भए पद छोड्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सुझाव दिएका थिए । साँसदहरुले आफूहरुलाई प्राविधिक कुरा गरेर जिम्मेवारीबाट नपन्छिन सुझाव दिँदै आफूहरुलाई नतिजा चाहिने बताएका थिए । 

समितिमा सांसद देवीप्रकाश भट्टचनले नेपाल वायुसेवा निगमसँग रहेका सबै जहाज हिमालय एयरलाइन्सलाई जिम्मा दिने बेला आउन लागेको बताएका थिए । निगम धराशायी भइसकेकोले भारतको टाटा समूहको जसरी एयर इडियालाई चलाउन दिए जस्तै नेपाल वायुसेवा हिमालय एयरलाइन्सलाई जिम्मा दिए राम्रोसँग चल्नसक्ने बताएका थिए ।

यसरी राष्ट्रिय ध्वजाबहाक कमजोर र नेपाल एयरलाइन्सको बदानाम हुँदै गएको अवास्थामा नेपाल एयरलाइन्स कमजोर बदानाम हुनु दिनुभन्दा सरकारले निगमलाई निजी क्षेत्र अथवा अन्तर्राष्ट्रिय कम्पनीलाई संचालन गर्न दिनपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

पटक पटक निगमको जहाजमा समस्या आउदा विदेशी वायुसेवा कम्पनीहरुको दबदबा बढाउने र उनीहरुलाई मनलाग्दी भाडा अशुल्ने परिस्थिति निर्माण भएको उनीहरुको भनाइ छ । 
 

Advertisement