‘यूके एण्ड अष्ट्रेलियन एडमिसन डे’ मनाउँदै एईसीसी

Advertisement

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको पूरानो र प्रतिष्ठित संस्था एईसीसी ग्लोबलले ‘यूके एण्ड अष्ट्रेलियन एडमिसन डे’ आयोजना गर्ने भएको छ । 

संस्थाले आउँदो असोज ३ बाट यो शैक्षिक मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । मेला असोज ६ गतेसम्म चल्नेछ । असोज ३ गते काठमाडौंमा तथा असोज ६ गते ‘यूके एण्ड अष्ट्रेलियन एडमिसन डे’ आयोजना हुनेछ ।

Advertisement

मेलामा विद्यार्थीले अष्ट्रेलिया तथा यूके (बेलायत)का विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श लिन सक्नुका साथै सतप्रतिशतसम्म छात्रवृत्तिका बारेमा जानकारी पाउन सक्नेछन् । 

साथै, विद्यार्थीहरुले आईईएलटीएस, पीटीई, स्याट जस्ता कक्षाहरुमा ६० प्रतिशतसम्म छुट र दिमाखी खेलहरु खेलेर उपहारहरु जित्न सक्नेछन् । मेला अष्ट्रेलियाको निःशुल्क हवाई टिकट जित्ने अवसर समेत मिल्ने एईसीसीले जनाएको छ । 
 

Advertisement