सीजी मोटर्सले सब-कम्प्याक्ट एसयुभी दायुन युइहु नेपाली बजारमा भित्र्याउँदै

Advertisement

काठमाडौँ । सीजी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एसयुभी बिक्री वितरण सुरु गरेको छ । 

नाडा अटो शो सकिए लगत्तै सीजी मोटर्सले आफ्नो पोर्टफोलियोमा थप नयाँ ब्राण्ड थपेको हो । चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिन हरु उत्पादन गर्दै आएको दायुन ग्रुपले चीनमा सफलता पश्चात चौधरी ग्रुप अन्तर्गत सीजी मोटर्सले नेपाली बजारकै मोष्ट अफरडेवल सब–कम्प्याक्ट एसयुभी दायुन युइहु चाँडै नै सार्वजनिक गर्ने सीजी मोटर्सले  जनाएको छ । दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सीजी मोटर्सको बिज्ञप्तिमा उल्लेख छ ।

Advertisement

दायुन युइहुमा ३९ किलोवाटको मोटर रहेको छ जसले १२५ एनएमको टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर भन्दा धेरै रेञ्ज प्रदान गर्दछ भने २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न डिसी चार्जर मार्फत ५४ मिनेट भन्दा कम लाग्दछ ।

दायुन युइहु सब–कम्प्याक्ट एसयुभी उत्कृष्ट २०१ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । फ्रन्ट एण्ड रियर इन्डिपेन्डेन्ट शस्पेन्शन रहेको हुँदा जस्तोसुकै अफरोड तथा खराब बाटोहरुमा उत्कृष्ट कम्फर्ट र आरामदायी यात्रा हुने बताएको छ । 

इन्डिपेन्डेन्ट शस्पेन्शन समावेश गरिएको उक्त गाडी यस सेग्मेन्टकै पहिलो रहेको छ । ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, एबिएस, इबिडि, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ ।
 

Advertisement