मेची पेट्रोलियम ढुवानी सेवाको वार्षिक साधारण सभा सम्पन्न

Advertisement

काठमाडौं । मेची पेट्रोलियम ढुवानी सेवाको दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका अध्यक्ष टिकारामबहादुर पिठाकोटे मगरको अध्यक्षतामा साधारणसभा गरिएको हो । 

Advertisement

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएनका केन्द्रिय सदस्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका उपाध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेवाका सचिव तोकप्रसाद दुलालले गरेका थिए । 

कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नबिन कोइराला, आयल निगम चारआली शाखा प्रमुख गीता सापकोटा, सेवाको पूर्वअध्यक्ष प्रेमप्रसाद दाहाल लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा मेची पेट्रोलियम ढुवानी सेवाका कोषाध्यक्ष बिनोद चापागाईं, सदस्य उत्तमकुमार श्रेष्ठ, अमित सरिया, गौरीप्रसाद भण्डारी, सल्लाहकार समितिका संयोजक चन्द्रबहादुर डांगी, भुपालराज कटुवाल, प्रेमप्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो । 

Advertisement