नेपाल ल्यूब आयलद्वारा २५ प्रतिशत लाभांश घोषणा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीहरुलाई २५ प्रतिशतल लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गंगाराज भट्टराईले जनाएका छन् । 

Advertisement

यसैबीच लाभांश पारित गर्न कम्पनीको ३३औं वार्षिक साधारण सभा असोज १८ गतेका लागि डाकिएको छ । बिहान ११ः३० बजेदेखि याक प्यालेस पुल्चोकमा साधारण सभा हुनेछ । 

साधारण सभा प्रयोजनका लागि असोज ४ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ । 

साथै प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव समेत साधारण सभाबाट पारित गरिने गरिने कार्यसूची छ । 
 

Advertisement