स्क्वायर सहकारीको झण्डै साढे सात करोड हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

Advertisement

काठमाडौं । राजधानीको मखनस्थित स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको सात करोड ४० लाख ८७ हजार ८६० रुपियाँ ५९ पैसा हिनामिना गरेको आरोपमा उक्त संस्थाका तीन जना सञ्चालकलाई पक्राउ गरेको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार पक्राउ पर्ने सञ्चालकहरुमा सञ्चालक समितिका अध्यक्ष वासुदेव जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछें छन् । 

Advertisement

निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई अवधि सक्किँदा समेत सावाँ ब्याज फिर्ता नदिएको प्रहरीको भनाई छ । 

मासिक, त्रैमासिक, वार्षिकरुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनुपर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिनेतर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचत रकम अपचलन तथा हिनामिना गर्ने सञ्चालकहरुलाई सहकारी विभागको पत्रको आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको सीआईबीको भनाई छ । 

उनीहरुलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौबाट सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । उक्त सहकारीबाट पीडितहरुले यथाशिघ्र यस ब्यूरोमा सम्पर्क गर्न पनि सीआईबीले आग्रह गरेको छ ।                                                            
                     

                                                           
                                                  
                                    

                    
 

Advertisement