ठमेल प्लाजा होटलले आईपीओ निष्काशन गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

Advertisement

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई  आईपीओ निष्काशन गर्ने भएको छ । 

यसैक्रममा प्रति शेयर अङ्कित मुल्य रु. १००/– दर का १०,००,००० कित्ता साधारण शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।   

Advertisement

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त निष्काशित शेयरको लागि निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बंैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेड काठमाडौं १६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा चार तारा स्तरको होटल ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट बिगत ३ बर्ष देखि सञ्चालन हुँदै आएकोछ । 
 

Advertisement