शिव श्री हाइड्रोपावरको साधारणसभा असोज २३ का लागि आह्वान

Advertisement

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते बस्ने गरी वार्षिक साधारणसभा आह्वान गरेको छ । 

हिजो (भदौ ३१) गते बसेको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा बिहान ११ बजे बस्नेगरी सभा आह्वान गरेको हो ।

Advertisement

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनलगायतका अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले असोज १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

Advertisement