स्थानीय उपचुनावको मिति तोक्न निर्वाचन आयोगको आग्रह

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश  थपलियासहितका पदाधिकारीले आइतबार भेटी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको  उपनिर्वाचनको मिति तोक्न परामर्श दिएका छन् । 

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे । 

Advertisement

सो अवसरमा अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । 

Advertisement