अन्तर बैंक फुटसल टुर्नामेन्ट हुँदै, महिला र पुरुषको ६० टिम सहभागी हुने

Advertisement

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले असोज ३ देखि ५ गतेसम्म यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

संघले गर्न लागेको यो दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट हो । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी ६० टिमको सहभागिता रहनेछ । 

Advertisement

गत आइतबार एक समारोहका बीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न पनि भइसकेको छ । 

प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमइ बैंक, आइसिएफसी फाइनान्स्, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबी बैंक, साइन रेसुंगा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । 

उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, वोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउ स्थित धनयन्तरी स्पोटर््स हवमा सञ्चालन हुनेछ । 

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने छ । 

महिला तथा पुरुष तर्फको विजेता टोलीले एक लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यसैगरि उपविजेता टोलीले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष तर्फको उपाधि रक्षाको लागि एनआइसी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमइ बैंकले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement