दुर्गा प्रसाईंबिरुद्ध पक्राउ पूर्जी जारी

Advertisement

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति हो । 

प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । उनीसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो । 

Advertisement

उनीहरुविरुद्ध साइबर अपराध गरेको कसुरमा विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्न पक्राउ पूर्जी लिइएको प्रहरीले जनाएको छ । पछिल्लो समय प्रसाईंले प्रधानमन्त्री केपी ओली, उनको पार्टी नेकपा एमाले र ठूला राजनीति दल र तिनका नेताहरुको कडा आलोचना गर्नुका साथै बैंक वित्तीय संस्थाविरुद्ध पनि अभियान सञ्चालन गरेका थिए । 

Advertisement