जीडब्लूएम नेपालले ट्याङ्क ब्राण्डको गाडी भित्र्याउँदै, बुकिङ खुला, मूल्य कति ?

Advertisement

काठमाडौं । भीजी इम्पेक्स (जीडब्लूएम नेपाल) ले बहुप्रतिक्षित ट्याङ्क ब्राण्डको बुकिङ खुला गरेको छ । 

उक्त गाडी चीनमा १८ मार्चमा आधिकारिक रुपमा लञ्च भएको थियो । यसमा लक्जरी ७ सिटर एसयूभी ट्याङ्क५०० र ५ सिटर ट्याङ्क३०० समावेश छन् । 

Advertisement

उक्त गाडीलाई इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्यूजील्याण्ड जस्ता प्रमुख बजारहरुमा यसअघिनै प्रस्तुत गरिएको छ । 

नेपालमा ट्याङ्क३०० को १ करोड ८५ लाख र ट्याङ्क५०० को २ करोड २५ लाख मूल्य निर्धारण गरिएको छ ।   
 

Advertisement