हामीले कुनै ‘आईएसपी’को शेयर किनेको छैन्ः एनसेल

Advertisement

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफूहरुले कुनै पनि इन्टरनेट सेवा प्रदायक (आईएसपी)को शेयर नकिनेको स्पष्ट पारेको छ । 

कुनै एक आईएसपीको शेयर किनेको हल्ला चलेपछि एनसेलले सो हल्लामा सत्यता नरहेको बताएको हो । यस्ता हल्ला ‘अपरिपक्व र अनुमानमा आधारित’ भएको कम्पनीको तर्क छ । 

Advertisement

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको र यो कुरा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको भन्दै सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय गर्ने लक्ष्य रहेको बताएको छ । 

कम्पनीले भनेको छ, ‘एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा हामी विश्वस्त छौं ।’

Advertisement

Advertisement