सेयर बजारमा ५९ अंकको पहिरो, २२९ कम्पनीको मूल्य घट्यो

Advertisement

काठमाडौं । लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से सोमबार पनि ठूलो अंकले घट्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५९.०२ अंकले घट्दै २५ सय २९.३३ विन्दुमा ओर्लिएको हो ।

Advertisement

तथापि, अघिल्लो दिन आइतबार नेप्से सूचक ११.५८ अंकले बढ्दै २५ सय ८८.३५ अंकका उक्लिएको थियो ।

आज झण्डै ६० अंकले नेप्से सूचक घटेको बजारमा २२९ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । १४ वटाको मूल्य बढ्दा एउटा कम्पनीको मात्र मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । 

यस दिन कूल ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २१ करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड ३९ लाख ५७ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज १३ वटा उपसूचक नै ऋणात्मक भएका छन् ।
 

Advertisement

Advertisement