दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेप्सेमा सूचीकृत २ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एक होटल र एक हाइड्रो कम्पनीको शेयरमूल्य समायोजन भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार ओरेन्टल होटल लिमिटेडले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ९८०.९५ कायम गरिएको छ । यसअघि रु. १०३० थियो । 

Advertisement

त्यस्तै सीईडीबी हाइड्रोले शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. १८२९.७३ कायम गरिएको छ । यसअघि रु. २०३१ थियो ।

समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखिनै ती कम्पनीहरुको शेयर कारोबार शुरु हुने नेप्सले जनाएको  छ । 
 

Advertisement

Advertisement