शेयर बजार उच्च अंकले घट्योः सबै समूह राताम्मे, नेप्से दुई दिनमै १२० अंकले तल झर्यो

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । यसैक्रममा बजार आज पनि उच्च अंकले घटेर २५ सय अंकबाट पनि ओरालो लागेको छ । दुई दिनमै बजार १२० अंकले तल झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५८.९३ अंकले घटेको छ । २.३३ प्रतिशतले बजार घट्दा नेप्से २४७०.३९ अंकमा ओर्लिएको हो । 

Advertisement

उच्च अंकले बजार घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज पनि सबैभन्दा बढी वित्त समूह ४.६० प्रतिशतले घटेको हो । 

undefined

आज ३०९ कम्पनीका १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता शेयर किनबेच हूँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि अपर साङ्गे हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै हिमालयन हाइड्रोमा नेगेटिभ सर्किट लागेको हो । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् । 

एनएलजी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ४१ लख ७६ हजार ७६.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ र हिजो सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३  लाख रुपियाँको कारोबार भएको थियो । 

Advertisement

Advertisement