कुमारी बैंकले महिला उद्यमीहरुलाई दियो तालिम

Advertisement

काठमाडौं । युएसएडका साझेदारीमा देशैभरि बर्षैभरि उद्यमशिलता विकास एवम् प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले काठमाडौंको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा  नगरका महिला उद्यमीहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । 

वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । 

Advertisement

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

Advertisement

Advertisement