नेप्से उच्च अंकले बढ्यो तर ५ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । दुई दिन लगातार घटेको शेयर बजार आज भने उच्च अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४९.१८ अंकले बढेको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५१९.५७ अंकमा उक्लिएको छ । 

Advertisement

समग्रमा बजार बढे पनि म्युचुअल फण्ड भने ०.०१ प्रतिशतले घटेको छ । आज वित्त समूह सबैभन्दा बढी ३.८० प्रतिशतले उचालिएको छ । 

undefined

आज ३२७ कम्पनीका १ करोड २४ लाख ९८ हजार ९ सय ८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४.४९ रुपियाँ बराबरको कारोबार भएको छ । 

आज विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, ङादी हाइड्रो, यूनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्यतु र थ्रीस्टार हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै हिमालयन हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले घाटा व्यहोरे । 

आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७ सय ८७.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ११.५८ अंकले बजार बढ्दा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६ सय ९०.६९ रुपियाँ, सोमबार ५९.०२ अंकले बजार घट्दा ५ अर्ब ६६ करोड ३  लाख रुपियाँ र हिजो मंगलबार ५८।९३ अंकले बजार घट्दा ५ अर्ब ६८ करोड ९५ लाख ६१ ह्जार ३ सय ५६.६९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 
 

Advertisement

Advertisement