निरन्तर शेयर बजार ओरालो लागेसँगै लगानीकर्ताहरुमा चिन्ता : बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न माग

Advertisement

काठमाडौं । केही दिनयता शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरुमा त्रास देखिन थालेको छ ।

सरकार फेरिएसँगै झण्डै एक हजार अंकले बढ्दै नेप्से सूचक ३ हजार विन्दुमाथि पुगेको थियो । तर, फेरि एकाएक बजार खस्किन थालेपनि लगानीकर्ताहरुमा त्रास देखिएको हो ।

Advertisement

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चारवटा लगानीकर्ता संघले निरन्तर पुँजी बजार खस्किरहेकोमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुँजी बजार लगानीकर्ता सम्बद्ध जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्न र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न माग गरेको हो । 

यस्तो छ लगानीकर्ताद्धारा जारी संयुक्त विज्ञप्ति:

undefined

Advertisement

Advertisement