सिटी वालेटले चाडपर्वको अवसरमा प्रतिरेमिट भुक्तानीमा ७०० सम्मको क्यासब्याक दिने

Advertisement

काठमाडौं । सिटी वालेट प्रालिले दशैं, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको छ । 

नेपालको कान्छो वालेट कम्पनीको रुपमा स्थापित सिटी वालेटले ग्राहकले आफै रेमिट भूक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न उक्त क्यासब्याक घोषणा गरेको हो । 

Advertisement

रु ५००० भन्दा बढी रकमको रेमिटान्स सिटीपे वालेट मार्फत प्राप्त गर्दा सिटीपे प्रोमो कोड प्रयोग गरी रु २०० रुपियाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटेन्स भूक्तानीमा पहिलो १८ जना ग्राहकहरुलाई रु ५०० बराबरको वोनस गरी कुल ७०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

विदेश स्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीवाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यासब्याक प्राप्त गर्न सक्ने छन् । 

साथै दशै तिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याक गर्ने भएको छ । आन्तरिक उडान बुकिङमा ग्राहकहरूले सिटीपे एपमार्फत उडान बुक गर्दा फ्लाइट२०० प्रोमोकोड प्रयोग गरी रु ३०० भन्दा बढीको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

‘यी आकर्षक अफरहरु चाडबाडको समयमा हाम्रो ग्राहकहरूलाई विशेष सेवा र मूल्य प्रदान गर्नको लागि हाम्रो प्रतिबद्धताको उदाहरण  हो । दशै, तिहार र छठको समयमा हाम्रो ग्राहकहरूलाई यी क्यासब्याक अवसरहरू प्रदान गर्न पाउँदा हामी खुसी छौं । हाम्रो लक्ष्य भनेको हाम्रा ग्राहकहरूलाई यो चाडको अवसरमा बढी खुशी र सुविधासहित मनाउने सहयोग गर्नु हो ।’ सिटी वालेट प्राइभेट लिमिटेड का प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले भने । 

सिटीपे वालेट मार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिट लगायतका रेमिट भूक्तानी गर्न सकिन्छ । यो योजना सिमीत अवधिका लागि रहने कम्पनीले जनाएको छ ।  

Advertisement

Advertisement