आकर्षक पर्यटकीय संभावना बनेको राजधानी नजिकको ‘तीनधारे झरना’

Advertisement

रोशी (काभ्रे) । राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्यको रुपमा ‘तीनधारे झरना’लाई प्रवर्द्धनको सुरुवात गरिएको छ । 

काभ्रेपलान्चोक रोशी गाउँपालिका वडा नं. २ स्थित यो झरना हेर्न विशेषगरी शुक्रबार, शनिबार र बिदाको दिनमा आन्तरिक पर्यटकहरुले भरिराउ हुने स्थानीय बताउँछन् । 

Advertisement

तीनधारे झरना सवारी साधन चढेर काठमाडौंबाट तीन घण्टामै पुग्न सकिन्छ । ‘बाहुबली’को नामले परिचित यो झरना हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरु गाडी, मोटरसायकल, स्कुटर लिएर आउने क्रम बढेको पर्यटन व्यवसायीहरुको भनाइ छ । 

‘तीनधारे झरना’ जो कोहीलाई पनि मोहित बनाउने खालको छ । यसलाई राजधानी नजिकको पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना रहेको भन्दै स्थानीयवासीले तर यसको संरक्षण र प्रचारप्रसार भने नपुगेको बताउँछन् । पर्यटक आकर्षित गर्न सके स्थानीय तहको आम्दानीमा पनि वृद्धि गर्न सकिने उनीहरुको बुझाई छ । 

काठमाडौंको मूलपानी बस्दै आएका एक युवकले तीनधारे झरनाबारे सामाजिक सञ्जालबाट थाहा पाएको बताउँदै हेर्न आउँदा वातावरण राम्रो लागेको बताए । उनले भने, ‘राजधानी नजिक यति सुन्दर झरना छ भन्ने कमैलाई थाहा छ ।’ आफू घुमिरहने र यस्ता दृश्यहरुको भिडियो बनाएर आफ्नो युट्युब च्यानलमा राख्ने गरेको बताउँदै ती युवकले अहिले भिडियो बनाउन नै आफू आएको सुनाए । 

झरना हेर्न आएको एक महर्जन जोडीले  ‘तीनधारे झरना’ हेर्दा रमाइलो लागेको बताए । झरना हेर्न आउँदो नजिकै रहेको होमस्टेमा वास बसेको पनि उनीहरुले सुनाए । सुनेको र भिडियोमा हेरेको भन्दा प्रत्यक्षरुपमा झरना हेर्दा राम्रो लागेको उनीहरुले बताए । महर्जन जोडीमध्ये युवकले भने, ‘यसरी दुई दिनको समय निकालेर आउँदा थकाइ पनि मेटिन्छ । रिफ्रेसमेन्ट पनि हुन्छ । म त पहिला पनि एक पटक आइसकेको हो ।’ 

पहिलो पटक आउँदा त्यति व्यवस्थित नरहेको  ‘तीनधारे झरना’ अहिले भने पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएपछि भने व्यवस्थित बनाइएको रहेछ भन्दै उनले सडकबाट झरनासम्म पुग्न पदयात्रामार्गमा सुरक्षाको लागि फलामको बार राखिएकाले सुरक्षित महशुश भएको बताए । 

बौद्धमा बस्दै आएकी नीमा लामाले काठमाडौंको गर्मी र धुलो धुवाँ छल्न यो झरना उत्तम गन्तव्य भएको बताइन् । उनले भनिन, ‘फलामको बार समात्दै माथी पुगेर झरनामा केही समय ध्यान गर्दा आनन्द महशुस भयो मलाई त ।’ 

null

undefinedundefinedundefined

Advertisement

Advertisement