चंगा, ड्रोन र बेलुन नउडाउन नागरिक उड्डयनको आग्रह

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै चंगा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

Advertisement

चाडबाड नजिकिएसँगै चंगा उडाउने क्रम बढेको र त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्न सक्ने भन्दै  विमानस्थल आसपासका जहाज उड्ने क्षेत्रमा चंगा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो ।

यदि कसैले यो सूचनाको अवज्ञा गरेरगराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

undefined

Advertisement

Advertisement