ग्लोबल युनिभर्स : बैंक खाता खोल्दा अब डिम्याटदेखि ब्रोकर–टिएमएससम्म पाइने

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरु मध्यको अग्रडी बैंक, ग्लोबल आइएमईले एउटै प्याटफर्ममार्फत ग्राहकलाई ५ वटा विशेष सुविधासहितको प्याकेज ल्याएको छ । बैंकमा खाता खोल्ने ग्राहकले अब आकर्षक ब्याजदरका साथमा अतिरिक्त ५ वटा विशेष सुविधा पाउने भएका हुन् ।

डिम्याट खाता, मेरो शेयर, सि–आस्वा र ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) अब ग्राहकले बैंकमा खाता खोल्ने वित्तिकै सहजै पाउनेछन् । तर, यसका लागि सेवाग्राहीले सबै सेवा एकै बैंकबाट चाहनुपर्यो ।

Advertisement

ग्लोबल युनिभर्स सेवा अन्तर्गत बैंकले आफ्नो क्यापिटल भेन्चर आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिनेलाई सि–आस्बा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि अपरिहार्य टिएमएस खाता सहजै खुल्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

यी सबै चाहने ग्राहकले छुट्टाछुट्टै फर्म भर्नुपर्दैन । बैंक खाता खोल्दा भरेको विवरण (केवाईसी) लाई नै बैंकले विभिन्न स्टेक होल्डर्स डिपार्टमा पठाउछ र सेवाग्राहीले चाहेको खाता खुल्छ । 

डिजिटल युनिभर्सको माध्यमबाट बैंकको ग्राहकले घरमै बसीबसी आवस्यकता अनुसार यो सविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा नयाँ ग्राहकले बैंकमा खाता खोल्नेवित्तीकै माग गर्न सक्नेछन् भने बैंकमा पहिले नै खाता भएका पुराना ग्राहकले पनि डिजिटल युनिभर्सको माध्ययममार्फत अरु थप सुविधा लिन सक्नेछन् ।

बैंकमा नयाँ खाता खोली ग्राहकहरुले एकैसाथ पाँचवटा फाइदाहरु लिन सक्नेछन् भने आफ्नो भइरेको खातालाई योजनामा परिमार्जन गर्ने र निष्क्रिय खातालाई सक्रिय गराई पनि यस योजनामा सामेल हुन सक्ने बैंकले जनाएको छ ।

डिम्याट, मेरो सेयर, सि–आस्बा रजिष्ट्रेशन नम्बर वा टिएमएस खाता संचालनको लागि ग्राहकहरुलाई क्यापिटल, सेक्यूरिटि तथा ब्रोकर कम्पनी धाउनु नपर्ने गरी सबै सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक ग्राहक लक्षित योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,००० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement