स्वदेशी सेक्युरिटिजबाट शेयर बेचेर बाहिरिँदै नेशनल लाइफ, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

कम्पनीले स्वदेशी सेक्युरिटिज् एन्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको आफ्नो १५ हजार ९४५ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर कम्पनीका विद्यमान संस्थापक, जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद गर्न सक्नेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेको छ । तोकिएको म्यादभित्र शेयर बिक्री हुन नसकेपछि सर्वसाधारणका लागि खुला गरिएको हो ।

इच्छुक खरिदकर्ताले असोज २० गतेभित्र आफूले कम्पनीका बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटल, ट्रेड टावर, थापाथली काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दरमा लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य १८५ रुपियाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सबै कित्ता खरिदका लागि बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

Advertisement

Advertisement