अफ-रोडर एसयुभि जेइको जेसिक्स लाइभस्ट्रिममार्फत सार्वजनिक

Advertisement

काठमाडौँ । एसपिजि अटोमोबाइल्सले अनलाइन लाइभ प्रसारण गरी जेइको जेसिक्सको विशेष प्रोडक्ट सार्वजनिक गरेको छ । 

ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भयो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथिहरू तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रह्यो ।

Advertisement

नेपाली बजारमा इलेक्ट्रिक एसयुभि ओमोडा इफाइभले सफलता पाएपछि, एसपिजि अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभि नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । इभि तथा गाडी पारखीमाझ यस एसयुभिले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको छ । 

हालसालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभिको रूपमा स्थापित र प्रमाणित गरेको छ । यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ–रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभूति दिलाउँछ ।

जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ, जुन अन्य एसयुभिहरूमा प्राय पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भूभागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ । 

एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल–टरेन् मोड’ एक्टिभेट हुन्छ, जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ । स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । साथै स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ–रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ । साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ । 

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटड, ओमोडाको लागि नेपालको आधिकारिक वितरक हो ।
 

 

Advertisement

Advertisement