थाई एयर एसियाले नेपालमा शुरु गर्यो सिधा उडान

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवद्र्धनका साथै दुई देशबीचको घनिस्ट सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । 

थाई एयर एसियाले नेपालमा सिद्दा उडान सुभारम्भ गरेको अवसरमा हिजो आयोजित कार्यक्रममा पर्यटन मन्त्रीले काठमाडौँ–बैंकक उडानले दुबै देशको आर्थिक समृद्धि र विशेषगरी पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बताए ।

Advertisement

उनले भने, ‘बैंकक र काठमाडौँको हवाई सम्पर्क सञ्चालले दुई देशबीचका सांस्कृति आदन–प्रदान र जनस्तरको समबन अभिवृद्धि गर्न मद्दत पुग्नेछ । यसले सरकार–सरकार, नागरिक र व्यवसायिकस्तरको सम्बनधलाई आगामी दिनमा सुदृढ बनाउने छ । थाई एयर एसियाले काठमाडौँको अतिरिक्त भैरहवा विमानस्थलमा पनि छिट्टै उडान गर्ने विश्वास लिएको छु ।’

पर्यटनमन्त्री पाण्डेले छोटो समयमा ६० विमानमार्फत थाई एयर एसियाले महत्वपूर्ण फड्को मारेको र यसको अनुभव नेपालको हवाई उड्डयन क्षेत्र र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रेरणादायी हुने उल्लेख गरेका छन् । 

नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरका छन् । नेपालबाट पनि उल्लेख्या संख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।

पर्यटनमन्त्री पाण्डेले थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन पनि मद्दत पुग्ने बताए । थाइ एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सान्तिसुक क्लोङचैयाले नेपाल र थाइल्याण्डबीचका हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्यायन उडानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यात्रुको सहुलियतका लागि प्रवद्र्धनात्मक भाडादरमा विभिन्न योजना बनाइएको जानकारी दिए । एसियामा राम्रो प्रभाव रहेको कम्पननीले नेपालमा नेपालमा सुलभ र गुणस्तरीय सेवा दिने दावी गरेको छ । सिइओ क्लोङचैयाले नेपालका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सेवा विस्तार गर्ने योजना रहेको र त्यसका लागि आवश्यक तयारी भइरहेको बताए । 

थाई एयर एसियाले हिजोबाट नेपालमा नियमित उडान सुरु हिजोबाट सुरु गरेको छ । हिजो थाइ एयर एसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे काठमाडौँ अवतरण गरेको थियो । 

Advertisement

Advertisement